निर्वाचन आयोगको आग्रहमा नेपाली पत्रकारलाई तालिम दिँदै फेसबुक


काठमाडौं – फेसबुकको मातृ कम्पनी मेटाले नेपाली पत्रकारहरुलाई तालिम दिने भएको छ ।

निर्वाचन आयोगको अनुरोधका आधारमा मेटाले बिहीबार अनलाइन जुम माध्यमबाट नेपाली पत्रकारहरुलाई तालिम दिन लागेको हो ।

मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसबुकलाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेको थियो ।

आयोगको सो आग्रहलाई स्वीकार्दै मेटाले बिहीबार जुम मार्फत तालिम दिने तय भएको आयोगले जनाएको छ । इच्छुक संचारकर्मी जुम मार्फत सहभागी हुन सक्नेछन् । तालिम बिहान १० बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया