राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । इजलासले अन्तरिम आदेशका लागि २ कात्तिकमा छलफल गर्न बोलाएको छ ।

निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । उनले रुपन्देही क्षेत्र नंम्बर २ मा गठबन्धनमा नेकपा एकिकृत समाजवादी पार्टीले पाएको सिट अनुसार आफ्नो उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया