सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठलाई रायमाझीको साथ


काठमाडौँ- बारा क्षेत्र नं ४ की कांग्रेस नेतृ नारायणी रायमाझी (निरु)ले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएसँगै बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई सहज भएको छ । रायमाझीले आज शनिवार सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

उनको उम्मेदवारी फिर्ताले सबैभन्दा धेरै फाईदा बारा ४ (क) का प्रदेशतर्फ माओवादी केन्द्रका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पुगेको छ।

‘म कांग्रेसको विपक्षमा गएर चुनाव लड्न खोजेको होइन पार्टीले धेरै अन्याय गरेको जस्तो लागेर उम्मेदवारी दिएका हो, अब अहिले मैले आफ्नो उम्मेदवारी फिर्ता लिएर गठबन्धन उम्मेदवारलाई जिताउन प्रतिवद्ध भएर आएको छु’ रायमाझीले भनिन्, ‘पार्टीले मलाई महत्वपुर्ण भूमिका दिएको छ त्यसबाट धेरै खुशी छु जीवनभर पार्टीको निर्देशन विपरित जानेछैन, यसपटक गठबन्धन उम्मेदवारलाई जिताएर छोड्छु’ रायमाझीले २०७४ को स्थानिय तह निर्वाचनमा जितपुरसिमरा उपमहानगरको उपप्रमुखमा १२ हजार ५ सय मत ल्याएकी थिइन् ।

 

प्रतिक्रिया