सत्यमोहन जोशीको अवस्था चिन्ताजनक : अस्पताल


काठमाडाैं – बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।

जाेशीकाे अवस्था चिन्ताजनक रहेको किस्ट अस्पतालले आज शुक्रवार बुलेटिन निकालेर जानकारी दिएको हो । २२ दिनदेखि उपचाररत उनलाई हिजो बिहीवार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।

प्रतिक्रिया