मंसिर २९ गतेसम्म गाडी र मदिरा आयातमा प्रतिबन्ध


काठमाडौं – नेपाल सरकारले गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्ध कायम नै राखेको छ । सरकारले आयात प्रतिबन्ध मंसिर २९ गतेसम्मलाई लम्ब्याएको हो ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले वस्तुको आयात प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उद्योगी व्यवसायीहरुले प्रतिबन्ध खुलाउन दबाब दिएपनि सरकारले बन्देजलाई यथावत् राखेको हो ।

गाडी, महँगा मोटरसाइकल, तयारी मदिरा र ३ सय डलर भन्दा बढी मूल्यका स्मार्ट फोनको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म यथावत राख्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको थियो ।

वैशाख दोस्रो सातादेखि नै कार, जिप र भ्यान, १५० सीसीमाथिका मोटरसाइकल, मदिरा र महँगा मोबाइल फोनको आयातमा प्रतिबन्ध लागेको छ ।

प्रतिक्रिया