सेल्टर क्षेत्रमा विप्लव कार्यकर्ताले जलाए पिकअप भ्यान, बाँस्तोला छुटाउन नेपाल बन्द


काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले मकवानपुरमा एउटा पिकअप भ्यान जलाएका छन्।

आफ्ना नेता धर्मेन्द्र बाँस्तोलासहितलाई पक्राउ गरेको विरोधमा शनिबारका लागि नेपाल बन्दको आह्वान गरेको उक्त समूहका कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान फर्पिङ र मकवानपुर सीमा क्षेत्रमा जलाएका हुन्।

आगजनीबाट पिकअपमा आंशिक क्षति भएको छ। बिहान २ बजे पिकअपमा आगो लगाएर विप्लव कार्यकर्ता भागेका थिए। पिकअपका चालक पनि फेला नपरेको प्रहरीले जनाएको छ।

उक्त क्षेत्रलाई विप्लव समूहको आधारका रुपमा बुझिन्छ। ललितपुर मकवानपुरका विकट क्षेत्रमा विप्लव समूहका कार्यकर्ताले सेल्टर बनाउँदै आएका छन्। सोही क्षेत्रबाट बाँस्तोलालगायतका नेतालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया