

दीपक मनाङे निर्विरोध निर्वाचित !

पोखरा – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङेसँग उम्मेदवारी दिएका दोजे लामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएसँगै मनाङे निर्विरोध निर्वाचित भए पनि औपचारिक घोषणा भने भइसकेको छैन ।
दिउँसो ३ बजेसम्म उमेदवारी फिर्ता लिने समय तोकिएकोमा गुरुङले बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताए ।
निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् ।
मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा (एमाले) तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उमेदवारी उठाएका छैनन् ।

