
बालुवाटारमा गठबन्धनको बैठक जारी, जसपाका मन्त्री हटाउनेबारे छलफल
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा जनाता समाजबादी पार्टीबाट सरकारमा सहभागी मन्त्री हटाउने कि विना विभागीय बनाउने भन्नेबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का मन्त्री हटाउन दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपा आसन्न
निर्वाचनका लागि एमालेसँग तालमेल गरि उम्मेदवारी दर्ता गराएसंगै सत्तारुढ दलबाटै जसपाका मन्त्रीहरू हटाउन प्रधानमन्त्री देउवामाथि दबाब बढेको हो ।
सरकारमा रहेर एमालेसँग चुनावी तालमेल गरेको भन्दै सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवासँग आन्तरिक छलफल गरेसँगै देउवाले गठबन्धन दलका शीर्ष नेताको बैठक बोलाएका हुन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकालागि जसपाले एमालेसंग १४ सिटमा तालमेल गरेको छ ।



कागजपत्र |
