


प्रधानमन्त्री देउवासहितका नेताले आज आयोगमा स्पष्टीकरण दिँदै

काठमाडौँ – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयाेगमा दर्ता भएका उम्मेदवारविरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ ।
२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध परेको छ ।
देशैभरीका उम्मेदवारमाथि परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसिमा तोकिएको छ ।
सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

