भट्टराई र श्रेष्ठलाई साथमा राखेर चुनावी छलफलमा अघि बढे प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहानैदेखि चुनाव केन्द्रित छलफल सुरू गरेका छन्।

आइतबार गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका प्रचण्डले सोमबार बिहान पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू र उम्मेदवारहरूसँग सामुहिक छलफल गरेका हुन्।

प्रचण्डले सुरूमा माओवादी गोरखाका नेताहरू तथा स्थानीय चुनावमा माओवादीबाट निर्वाचित प्रमुखहरू सँग छलफल गरेका थिए। त्यसपछि उनले सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गरेका छन्।

प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथसाथै राखेर चुनावी छलफल गरिरहेका छन्।

 

प्रतिक्रिया