राष्ट्रपति भण्डारीलाई कोरोना पुष्टी

शनिबार टिचिङमा भर्ना, स्वास्थ्य अवस्थामा सुधारोन्मुख


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टी भएको छ।

खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

हाल राष्ट्रपति भण्डारीको स्वास्थ्य स्थिति सामान्य र सुधारोन्मुख रहेको जनाइएको छ ।

अहिले उनको अवस्था सामान्य रहेकोले १÷२ दिनमा अस्पतालबाट डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया