
आजदेखि पदमुक्त हुँदै कानुनमन्त्री कोइराला
काठमाडौं – कानुनमन्त्री गोविन्द कोइराला बन्दी आजदेखि पदमुक्त हुँदैछन् । आज उनी नियुक्त भएको ६ महिना पुग्दैछ ।
संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्ति समेत ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था अनुसार उनी कानुन तथा संसदीय मामिलामन्त्री नियुक्त भएका थिए ।
स्रोतका अनुसार, मन्त्री बन्दीले पद छाड्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा लगायत आफ्नै दलका नेताहरुलाई जानकारी गराएका थिए ।



कागजपत्र |
