कांग्रेस संसदीय दलको बैठक जारी, उम्मेदवारको नाम अझै टुंगिएन


काठमाडौं – नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक जारी छ। उमेदवार टुंगो लगाउन बसेको बोर्ड बैठक अझै जारी छ।
बैठकले अझै सबै जिल्ला तथा क्षेत्रका उमेदवार टुंगो लगाउन सकेको छैन। यद्यपि, ९० प्रतिशत उमेदवार टुंगो लागेको एक पदाधिकारीले जानकारी दिए ।

‘९० प्रतिशत उमेदवार टुंगो लागिसकेको छ । अब बाँकी उमेदवार टुंगो लगाउन छलफल भइरहेको छ,’ ती पदाधिकारीले भने ।

बिहान ७ बजेसम्म उमेदवार टुंगो लगाइसक्ने बताइएको छ । ७ बजेसम्म पनि बोर्डबाट टुंगो नलागे महामन्त्रीसँग समन्वय गरेर सभापति शेरबहादुर देउवाले उमेदवार छनोटको निर्णय गर्नेछन् ।

 

प्रतिक्रिया