यी हुन् नेकपा एसले टुंगो लगाएकाे १९ उम्मेदवार


काठमाडौं – सत्ता गठबन्धनमा सिटको बाँडफाँट भएसँगै नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवार टुंगो लगाएको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फ १९ सिटमा उम्मेदवारी दिने भएको छ ।

एकीकृत समाजवादीले पाएको भागबण्डा अनुसार पार्टीले १९ जना उम्मेदवारको टुंगो लगाएको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले दिएको जनाकारी अनुसार प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका उम्मेदवार यसप्रकार छन् :

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – कृष्णकुमार श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२, रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले

सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।

प्रतिक्रिया