कांग्रेसले देउवासहित यी क्षेत्रका उम्मेदवार बिहानीपख टुंग्यायो


काठमाडौं – नेपाली कांग्रेस संसदीय बोर्डले सभापति शेरबहादुर देउवासहितका केही नेताको उम्मेदवारी टुंगो लगाएको छ ।

राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट उम्मेदवार बनाउने निर्णय गरेको छ भने दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाममा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरुङ, तेह्रथुममा सीता गुरुङको उमेदवारी टुंगो लगाएको छ ।

त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा ललितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ (ख) मा खगेन सिंह हाङवाङ लगायतका नेतालाई टिकट दिने निर्णय गरेको छ ।

प्रतिक्रिया