
एमालेमा उम्मेदवार छान्ने मापदन्ड : जो लोकप्रिय छ उही उम्मेदवार, १० बुँदेबारे भएन छलफल
काठमाडौं – नेकपा (एमाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उमेदवारका बारेमा छलफल सुरु गरेको छ ।
हिजो अबेरसम्म अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा को–को उमेदवार बनाउन सकिन्छ भनेर छलफल प्रारम्भ भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
६ घण्टाभन्दा लामो समय बसेको बैठकमा प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा सम्भावित उमेदवारबारे छलफल भएको हो ।
उमेदवारबारे केन्द्रीय हेडक्वाटर र अध्यक्षले परामर्श गरेर निर्णय लिने उनले बताए । समानुपातिक सूचीमा थपघट गर्नुपर्ने भए निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई अघिल्लै बैठकले दिइसकेको गुरुङको भनाइ छ ।
त्यस्तै, एमालेमा १० बुँदे सहमति गरेर बसेकाहरू, पूर्वमाओवादीबारे गरिएका टिप्पणी मनगढन्ते भन्दै उनले लोकप्रिय व्यक्तिलाई उमेदवार छान्ने बताए ।
‘१० बुँदेबारे के गर्ने, माओवादीबाट एमालेमा बसेकाहरूको बारेमा के गर्ने? हालसालै आएकाहरूमा के गर्ने भन्नेमा एजेण्डा थिएन। हाम्रो पहिलो मापदण्ड भनेको जो लोकप्रिय छ, जसले विजयलाई सुनिश्चित गर्न सक्। त्यसैलाई हाम्रो प्राथमिकता छ ।’



कागजपत्र |
