


नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न देउवालाई निम्तो

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई ३ कार्तिकमा पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणापत्र प्रदान गरेका हुन् ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए ।
नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ११ असोज निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।

