रुख काट्न ढिलाई भएपछि मदनभण्डारी मार्गको निर्माणकार्यमा अवरोध, यथाशीघ्र समस्या सुल्झाउन निर्माण कम्पनीको आग्रह


काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काम धमाधम हुँदै आएको छ । तर, प्रदेश नम्बर एकको ३ वटा प्याकेजमा हुँदै आएको सडक निर्माण बन व्यवस्थापनका कारण समस्यामा आएको छ ।

मोरङ जिल्ला ६३ किलोमिटरको उक्त प्याकेजअन्तर्गत सडकमा पर्ने सामुदायिक बनका रुखहरु व्यवस्थापन नहुँदा सडक निर्माणको काममा समस्या आएको सडक निर्माण गर्दै आएको मोतिदान कन्ट्रक्सन कम्पनीका इन्जिनियर प्रल्हाद ढुङगानाले बताए ।

इन्जिनियर ढुङ्गानाका अनुसार अन्यत्र धमाधम काम भइरहेको भए पनि आफूले मार्गमा पर्ने रुख हटाउन गरिएको मागको सुनुवाइमा भने ढिलाई भएकाले निर्माणमा समस्या भएको बताए ।

चुरे क्षेत्र भएर निर्माण हुँदै आएको मार्गमा विभिन्न सामुदायिक वनभित्रबाट सडक निर्माण गर्ने गरी विस्तृत परियोजना प्रविदेन निर्माण भएको छ । गत बर्ष गरिएको सर्वेक्षण अनुसार उक्त प्याकेजमा ५ हजार भन्दा धेरै रुखहरु हटाउनु पर्नेछ । तर रुख नहटाएकै कारण सडक निर्माणमा ढिलाई भएकाले संघीय सरकारलाई चाँडो वन व्यवस्थापन गर्न दबाव दिने लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावतीले बताए । यतिखेर सडकको बन क्षेत्र बाहेकका भागहरुमा धमाधम काम भइरहेको छ । तर बनकै कारणले सडक निर्माणमा ढिलो हुने भएकाले वेलैमा संघीय सरकारले ध्यान दिनु पर्ने स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय अगुवा भूपेश लिम्बुका अनुसार संघीय सरकार अन्तर्गत बन मन्त्रालयले कानुनी प्रकृया पुरा गरेर तत्काल सडक क्षेत्रमा पर्ने रुखहरु हटाउनु पर्ने बताएका छन् ।

गत बर्षदेखि पूर्वी नेपालको झापा, मोरङ्ग र सुनसरी गरी ३ वटा प्याकेजमा मोतिदान कन्ट्रक्सन सेवा कम्पनीले २ अर्व ३७ करोड रुपयाँमा ठेक्का लिएर ६३ किलोमिटर सडक निर्माण गर्दै आएको छ ।

कम्पनिका प्रबन्धक निर्देशक विकास गौतमका अनुसार बाटोमा पर्ने रुखहरुको विवरण बुझाइएको एक बर्ष भइसक्दा समेत समयमा रुख नहटाउँदा कम्पनिको क्षमता अनुसार काम हुन नसकेको बताए । उनले कम्पनीको अधिकार क्षेत्रभन्दा बाहिरको विषय भएकोले समयावधिभित्र काम सम्पन्न गर्नका लागि सम्बन्धित निकायले यथाशीघ्र प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।

मोतिदानले पूर्वी नेपालमा निर्माण गर्दै आएको हुलाकी सडकको १३ नम्बर प्याकेजको १४ किलो मिटर कालोपत्रे तोकिएको म्यादभन्दा आधा समय अगाडि नै निर्माण सम्पन्न गरेको छ । उच्च गति र गुणस्तरमा काम गर्दै आएको कम्पनिले संघीय सरकारले रुख नहटाइएको कारण निर्माणमा ढिलो हुन सक्ने भएकाले संघीय सरकारलाइ चाँडो रूख हटाउन ध्यानाकर्षण गराइने लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले बताए । उक्त क्षेत्रमा पर्ने रुख बन मन्त्रालयबाट हटाउने प्रक्रिया पुरा नहुँदा सडक निर्माणमा समस्या भएकाले तोकिएको म्यादमा सडक नबन्ला कि भन्ने सम्भावना बढेको स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया