

‘केपी ओली कम्युनिष्ट आदर्श भएका मानिस होइनन्’

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आदर्श भएका मानिस नभएको आरोप लगाएका छन् । आज प्रचण्ड नेपाल समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।
‘केपी ओली कम्युनिष्ट आदर्शमा विश्वास गर्ने मानिस होइनन् । केपी ओली सामूहिकतामा विश्वास गर्ने मानिस होइनन् । त्यस्तै प्रधानमन्त्री ओलीले धारामा टिक्न नसकि धारामा नै नभएको कुरा ल्याएर राष्ट्रपति कहाँ चिठि पठाएको बताए । ओली संविधानको धारामा टिक्न नसकेपछि धाराको उल्लेख नै नगरिकन राष्ट्रपति कहाँ चिठि पठाएका रहेछन् ।’ उनले भने ।
प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आदर्श नभएको दाबी गर्दै आफूहरुले स्पष्टीकरण सोधेको बताए । प्रधानमन्त्री भएर पनि केपी शर्मा ओली भ्रष्टाचारमा लिप्त भएको नेपालले आरोप लगाएका छन् ।

