
यी हुन् जसपा र जनमोर्चाले पाउने निर्वाचन क्षेत्र
काठमाडौँ- सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीले पाउने सिट संख्या लगभग टुंगो लागेको छ। बुधबार अबेरसम्म बसेको गठबन्धन बैठकले जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक र सप्तरी २ पाउने सहमति गरेको छ।
जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ। उता यसैगरी राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ ।



कागजपत्र |
