
देशभर थप ३८ जनामा संक्रमण पुष्टी, १ को मृत्यु
काठमाडौं – नेपालमा गत २४ घन्टामा ३८ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २८१८ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार एक दिनमा ५२ जना कोरोनामुक्त भएसँगै अहिलेको अवस्थामा नेपालमा ११२२ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार उक्त अविधमा नेपालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
