जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको बताए ।

जसपाले कार्कीको नाम मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया