शेखर समूहको दबाबपछि समानुपातिकतर्फको बन्दसूची परिवर्तन गर्दै कांग्रेस


काठमाडौं- नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा ‘परिवर्तन हुने’ भएको छ। मंगलबार बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा शीर्ष नेताहरूले छलफल गरेर बन्दसूचीबारे निष्कर्ष निकाल्ने सहमति भएको कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले जानकारी दिए ।

नेताहरू मंगलबार राति अबेरसम्म बन्दसूचीबारे छलफलमा जुटेका थिए। आज बिहानैदेखि फेरि बैठक बसेर बन्दसूची टुंगो लगाउने तयारी छ।

कांग्रेसमा शेखर कोइराला समूहले निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा असन्तुष्टि जनाइरहेको छ । सभापति शेरबहादुर देउवाले बन्दसूचीमा एक्लौटी गरेको शेखर पक्षको आरोप छ । शेखर पक्षले आफूहरूलाई सम्मानजनक भाग दिनुपर्ने माग गर्दै आएको छ ।

सम्मानजनक भाग नपाए देशैभर बागी उम्मेदवारी दिने चेतावनी शेखर समूहले दिइरहेको छ।

प्रतिक्रिया