

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै, के छ प्राब्धान ? (सूचना सहित)

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुका लागि लक्षित गर्दै सो रकम बराबरको बचतपत्र निष्काशन गर्ने जानकारी दिएको हो ।
उक्त बचतपत्रको १० प्रतिशत बार्षिक ब्याजदर तोकिएको छ भने ६र६ महिनामा ब्याज भुक्तानी गरिनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएकको रकमसम्म खरिद गर्न पाइनेछ ।
मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलकु बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर ( आवासिय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा उक्त वचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त बचतपत्र आज माघ ९ गतेदेखि आगामी फागुन २ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैंकले जनाएको छ ।


