नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप मंगलवारबाट हुँदै


काठमाडाैं – वल्र्ड टुरिजम डे को अवसरमा मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ ।

राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलवारबाट आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा ५४ होलको खेल हुनेछ । तीन दिने प्रतियोगितामा नेपाल, बंगलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहनेछ । पुरूष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ ।

यो वर्ल्ड र्‍याङकिङ प्रतियोगिता हो । त्यसैले महिला नेपाली गल्फरको लागि वर्ल्ड र्‍याङकिङमा स्थान बनाउने अवसर पनि हो ।

नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा गर्नेछन् ।

टिम प्रतिष्पर्धामा बंगलादेश र कतारको पनि सहभागिता रहेनेछ । महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।

प्रतिक्रिया