

मनास्लु हिमपहिरो : विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन बेपत्ता
काठमाडौं – विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी छन् ।
काठमाडौंको सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जीम म्यारिसन भने आधार शिविरमा फर्किसकेका छन् । ‘जीम सकुशल आधार शिविर फर्किसके ।
उनले आफ्नो कम्पनीबाट शरदकालीन मनास्लु आरोहणमा गएका अन्य सदस्य तथा शेर्पाहरु सकुशल रहेको बताए । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् ।
८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।
अमेरिकाको सिएटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जिओग्राफीले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

