‘हामी युद्ध जस्तो स्थितिमा छौं, हाम्रो हतियार मास्क’ : बाइडेन


काठमाडौं – अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनले हालै सञ्चार माध्यमसंग कुराकानी गरेका छन् । कुराकानीको क्रममा बाइडेनले अमेरिकामा खोप अभियान तिव्र गरिएको बताएका छन् ।

अहिले कोभिड-१९ संग जुध्नु सबैभन्दा ठूलो चूनौती भएको उनले बताएका छन् । यसबाहेक अमेकिराका नागरिकलाई खोप लगाउन आफुहरुलाई महिनौं लाग्ने तितो सत्य पनि उनले बताएका छन् ।

बाइडेन भन्छन् –‘जबसम्म हामी यो काम पुरा गर्न सक्दैनौं, तबसम्म हामीले ती उपायहरुलाई अपनाउन पर्छ, जसबाट संक्रमण कम गर्न सकिन्छ । अझै ९९ दिन हामीले मास्क लगाउनु आवश्यक छ । यो हाम्रो अगाडि आउने १०० दिनको चुनौती हो । यो एक किसिमको देश भक्ति पनि हो । मैले यसबारेमा एउटा आदेशमा पहिला नै हस्ताक्षर गरिसकेको छु । अब प्लेन, ट्रेन अथवा बसहरुमा मास्क लगाउनु आवश्यक छ । हामी युद्धमा भए जस्तो स्थितिमा छौं ।’
एजेन्सी

प्रतिक्रिया