६ महिनामा ३ लाख ७६ हजारको मिनिरल वाटर आयात


काठमाडौं – नेपालमा चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ३ लाख भन्दा बढी रुपैँया बराबरको मिनिरल वाटर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ६ महिनाको तथ्याङ्क अनुसार आब ०७६/७७ को पुस मसान्त सम्ममा विदेशबाट ३ लाख ७६ हजार बराबरको मिनिरल वाटर भित्रिएको हो ।

जसमा सबै भन्दा धेरै यूके बाट ३ लाख ६२ हजार रुपैयाको मिनिरल वाटर भित्रिएको छ भने छिमेकी मुलुक भारतबाट १३ हजार, आयरल्यान्ड बाट १ हजार मुल्य बराबरको पानी नेपाल भित्रिएको तथ्याङ्क रहेको छ । पानीको आयात सँगै भन्सार बिभागले २ लाख २० हजार बराबरको राजस्ब संकलन गरेको छ ।

प्रतिक्रिया