महामन्त्री बादेको संयोजकत्वमा कांग्रेस बागमती प्रदेशको घोषणापत्र तयारी समिति गठन


हेटौंडा – आगामी प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बागमती प्रदेशले घोषणापत्र तयारी समिति गठन गरेको छ ।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पार्टी विधानको ब्यवस्था बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश कार्यसमितिका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेका हुन् ।

समितिको सदस्यहरुमा सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, जीवन डंगोल, हरिशरण श्रेष्ठ र मूख्यसचिव राजु नेपाल सदस्यसचिव रहनेगरी कांग्रेस बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरिएको छ ।

सभापति बानियाँले घोषणापत्र तयारी समिति संयोजक बादेलाई आवश्यकता अनुसार समितिमा सदस्य थपेर तत्काल घोषणापत्र तयारीकाे काम अघि थाल्न निर्देशन दिएको मूख्यसचिव नेपालले जानकारी दिए ।

समितिले विभिन्न क्षेत्रका विज्ञहरुसंग छलफल गरि यही सातादेखि घोषणापत्र निर्माणको काम थालनी गर्नेसमेत संयोजक बादेले जानकारी दिए ।

प्रतिक्रिया