विवेकशील साझाले काठमाडौं २ बाट थापालाई उम्मेदवार बनाउने


काठमाडौं – विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार काठमाडौँ क्षेत्र नम्बर २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरु, व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरुको उपस्थितिमा थापाको उम्मेदवारी घोषणा गरिएको हो।

धनेज थापा पिएचडी स्कलर हुन्। उनी लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकूलन- विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका छन् । पछिल्लो समय उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया