लोसपा नेतालाई एमाले प्रवेश गराउन ओली जनकपुर जाँदै


काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जनकपुर जाँदै छन्। आगामी ४ मंसिरमा हुने निर्वाचन नजिकिएसँगै ओलीले मधेशमा आफ्ना कार्यक्रम बाक्लो बनाएका छन्। जनकपुरमा आज एमालेको पार्टी प्रवेश कार्यक्रम राखिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद उमाशंकर अरगरिया सहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष ओली जनकपुर जान लागेका हुन्। पछिल्लो समय ओली पटकपटक मधेश दौडिरहेका छन्।

जसपा र लोसपा छाडेर एमाले प्रवेश गर्नेको मधेशमा भीड लागेको छ। यसको फाइदा लिने दाउमा एमाले छ। २०७४ सालको स्थानीय तहको तुलनामा २०७९ को चुनावमा बलियो बनेको एमालेको दाबी छ। प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि मधेशमा पहिलो शक्ति बनेर उदाउने एमालेको योजना छ।

प्रतिक्रिया