भीमफेदीमा मिनीबस दुर्घटना, ६ को मृत्यु


मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा मिनी बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए ।

बस सडकबाट ६५ मिटर खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया