

कांग्रेसका सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन्। देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्वपदाधिकारीलाई बैठकका लागि डाकिएको छ। समसामयिक विषयमा छलफल गर्ने भनि बोलाइएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।
सडक प्रदर्शनको समीक्षा, प्रदेशमा आएको अविश्वास प्रस्तावलगायतका विषयमा छलफल हुनसक्ने नेता पौडेलले बताए । १० बजेपछि बैठक बस्ने तय भएको हो ।

