जस अन्तर्गत आज असोज ६ गते देशभरका सम्पूर्ण जिल्लामा संयुक्त विरोध प्रदर्शन गर्ने, ६ गते नै माइतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गरिने जनाइएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोधको कार्यक्रम घोषणा गरेका हुन्।
राष्ट्रपतिले कुनै दलको स्वार्थ र इशारामा नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी विफल बनाएको उनीहरुको आरोप छ ।