कपनको एलाइट हिमालयन एड्भेन्चरमा लागेको आगलागीमा परि ३ को मृत्यु


काठमाडौं – कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

राममन्दिर नजिकै रहेको एलाइट हिमालयन एड्भेन्चर ट्रेकिङ कम्पनीमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर,  काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुनसकेको छैन ।

घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ । दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

 

प्रतिक्रिया