गठबन्धन दलको बैठक बस्दै


काठमाडौँ- सत्ता गठबन्धनको बैठक मंगलबार बस्दैछ। मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन बस्न लागेको हो। यद्यपि समय तय भइनसकेको एक नेताले जानकारी दिए ।

नेताहरू समानुपातिक सूची तय गर्नका गठबन्धनको बैठक नै स्थगित गरेर व्यस्त बनेका थिए।समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएसँगै गठबन्धनका नेताहरू फेरि छलफलमा जुट्न लागेका हुन्। पटकपटक बैठक बस्दा पनि प्रत्यक्षतर्फका उम्मेदवार चुन्‍न सकेको छैन। आजसम्ममा बाँडफाँट सकिने बताइएको छ।

प्रतिक्रिया