


नेपालविरुद्द बंगलादेशको थप एक गोल, नेपाल ३-१ ले पछाडि

काठमाडौं – दशरथ रंगशालामा भइरहेको साफ महिला फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा जारी छ ।
पहिलो हाफमा २ गोल गरेको बंगलादेशले नेपालविरुद्द थप एक गोल गरेको छ । दोस्रो हाफमा नेपालले बंगलादेशलाई एक गोल फर्काएको छ बंगलादेशलाई हराएर इतिहास रच्ने दाउमा रहेको नेपाल जारी अवस्थामा ३–१ ले पछि परेको छ ।
पहिलो हाफमै दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको हो । जारी खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् ।

