


नेपालमाथि बंगलादेशको २-० को अग्रता

काठमाडौं – साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपालमाथि बंगलादेशले २-० अग्रता बनाएको छ । दशरथ रंगशालामा भइरहेको खेलको शुष्मा नायरले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन्
साफ च्याम्पियनसिपअन्तर्गत फाइनल खेलमा नेपालमाथि बंगलादेशले ४२औं मिनेटमा फेरि अर्को गोल थपेका हुन् । खेलको पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् ।
नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

