माओवादी उपाध्यक्ष महरा समानुपातिकमा, बन्दसूची बुझाउन गुरुङ र पोखरेल आयोग पुगे


काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पनि समानुपातिकमा समावेश भएको जनाइएको छ । यससँगै माओवादी केन्द्रले पनि बन्द सूचीको नाम टुंग्याएर निर्वाचन आयोगमा बुझाउन गएको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी एक नेताले बताए ।

महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको ती पदाधिकारीले बताए ।

समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।

प्रतिक्रिया