नेपाली चेलीलाई शुभकामना दिँदै बालेन भन्छन्, ‘हामी ऐतिहासिक जितको एक कदममात्र पछि छौं’


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले साफ च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टिमलाई शुभकामना दिएका छन् ।

साफ च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्ने तयारीमा रहेको नेपाली टोलीलाई बालेनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै हामी ऐतिहासिक जितको एक कदममात्र पछि रहेको जनाएका छन् । उनले साँझ दशरथ रंगशालामा हुने फाइनल खेलको जितपछि नेपाली महिला फुटबलले नयाँ अध्याय सुरु गर्ने विश्वास लिँदै जितका लागि सबैलाई शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, ‘हामी एतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ , आज को जितले हाम्रो महिला फुटबलले नया अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ ।

जितको लागि सम्पुर्ण टिमलाई सुभकामना ।
जय नेपाल ।

प्रतिक्रिया