

कोरोना खोप उत्पादन गर्ने भारतीय कम्पनीमा आगलागी हुँदा ५ काे मृत्यु

भारत – कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागीमा परी ५ जनाले ज्यान गुमाएको भारतीय संचारमाध्यले जनाएका छन् । पुणेस्थित कम्पनीको टर्मिनल–१ को चौथो र पाँचौं तलामा भएको भीषण आगलागी नियन्त्रण गरेपछि भित्र ५ वटा शव भेटिएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ६ कर्मचारीलाई भने सुरक्षित निकालिएको छ। आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको जनाइएको छ ।
आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ ।

