सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गरिँदै


काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेका छन्।

कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री भए। उनकै नेतृत्वमा संविधान जारी भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेका छन्। नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो।

त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ।
भण्डारीले उनीहरूसहित विभिन्‍न ९९८ जना महानुभावलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया