होस्टेलका ६० छात्राले नुहाएको भिडियो भाइरल, ८ ले गरे आत्महत्या प्रयास


पञ्जाब – पञ्जाबको मोहालीस्थित चण्डीगढ विश्वविद्यालयको गर्ल्स होस्टेलमा बस्ने ८ छात्राले एकैपटक आत्महत्याको पयास गरेका छन । विश्वविद्यालयका एक छात्राले नुहाउने क्रममा ६० छात्राको भिडियो बनाएर इन्टरनेटमा भाइरल बनाएपछि ती छात्राहरुले आत्महत्याको प्रयास गरेको जनाइएको छ । ।

शनिबार दिउँसो २ः३० बजे मोहालीको चण्डीगढ विश्वविद्यालयमा हंगामा भएको थियो । छात्रावासमा एक छात्राले ६० छात्राको नुहाउने क्रममा भिडियो बनाएर एक युवकलाई पठाइन् । युवकले उक्त भिडियो इन्टरनेट मिडियामा भाइरल बनाएका थिए । यो कुरा थाहा पाएपछि होस्टेलमा बस्ने आठ छात्राले आत्महत्याको प्रयास गरेको बताइएको छ । मुद्दामा आरोपी छात्रालाई हिरासतमा राखिएको भारतीय मिडिया जागरणले जनाएको छ ।

ती छात्राले लामो समयदेखि अन्य छात्राको नुहाउने भिडियो बनाएर शिमलाका एक युवकलाई पठाइरहेको बताइएको छ । युवकले यो भिडियो इन्टरनेट मिडियामा राखेका छन् । विद्यार्थीहरूले इन्टरनेट मिडियामा उनको भिडियो देखेपछि उनी छक्क परे ।

उक्त भिडियो इन्टरनेट मिडियामा भाइरल भएपछि आठ छात्राले आत्महत्याको प्रयास गरेका थिए । छात्राहरुलाई विभिन्न अस्पतालमा लगिएको छ ।

यसैबीच, चण्डीगढ विश्वविद्यालय व्यवस्थापनले विद्यार्थीहरूलाई यो विषय दबाउन दबाब दिइरहेको छ। यस विषयमा कलेज व्यवस्थापनमा गुनासो गरे पनि कलेज व्यवस्थापनले कुनै कारबाही नगरेको छात्राको भनाइ छ ।

आक्रोशित विद्यार्थीहरूले शनिबार राति चण्डीगढ विश्वविद्यालयलाई घेरा हालेर ‘वी फर जस्टिस’को नारा लगाउन थाले । भिडियो बनाउने युवतीमाथि आक्रमण नहोस् भनेर होस्टेलको कोठामा थुनिएको बताइएको छ ।

प्रतिक्रिया