प्रकाशमान सिंहले भने : संविधानकाे कार्यान्वयनका लागि निर्वाचमा कांग्रेसले नै म्यान्डेट पाउने विश्वास छ


काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानकाे कार्यान्वयनका लागि निर्वाचनकाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्। लाैहपुरूष गणेशमान सिंहकाे २५ औं जन्मजयन्तिकाे अवसरमा आज आयाेजित कार्यक्रममा उनले माैका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए ।

संविधानकाे सफल कार्यान्वयनका लागि मंसिर ४ काे निर्वाचनमा कांग्रेस नेतृत्वकाे गठबन्धनकाे जित आवश्यक रहेकाे सिंहकाे भनाइ थियाे । स्थानीय तहलाई बलियाे बनाएर शिक्षा,स्वास्थ्य, राेजगारीकाे विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा सिंहकाे जाेड थियाे । सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहकाे भनाई थियाे ।

जनतालाई रैतिबाट नागरिक बनाउन संघर्ष गरेका गणेशमान सिंहकाे याेगदानकाे चर्चा गर्दै उनले भने, ‘जनता र राष्ट्रलाई क्रान्तिमा राखेर अब आर्थिक क्रान्ति प्राथमिक विषय हाे। देशकाे आवश्यक्ता शिक्षालाई सिपसँग जाेड्ने हाे । पुरानाे ढर्राले हुँदैन। स्वास्थ्य उपचार सुलभ बजाउन वडा तहमा क्लिनिक स्थापना गरेर प्रयाेगशाला हरेक वडामा हुने व्यवस्था गर्नुपर्छ । राेग लागेपछि उपचार भन्दा राेग लाग्नै नदिन सरकारले ध्यान दिनुपर्छ ।´ यसाे हुनसक्दा मात्रै सिंहप्रति सच्चा सम्मान हुन उनले बताए ।

प्रतिक्रिया