
संविधान दिवसको अवसरमा एमालेले आज ‘वाकाथन’ गर्दै
काठमाडौँ- नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाडौँ वाकाथन अर्थात बिहानी पैदलयात्रा गर्दैछ। अरू कार्यक्रमजस्तो झन्डा, ब्यानर नबोकी मर्निङवाककै रूपमा काठमाडौँ पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुग्ने तयारी छ । संविधान दिवस पर्सि असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो।
बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन एमालेले सबैलाई अपिल गरेको छ।



कागजपत्र |
