बालेनलाई बाबुरामको सुझाव : फुटपाथ व्यवसायीलाई विकल्प दिएर हटाऔं


काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले फुटपाथ व्यवसायीलाई विकल्पविना हटाउन नहुने बताएका छन्।

उनले संसारका सबै श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य रहेको बताउँदै विकल्प दिनुपर्ने सुझाव दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सोही सुझाव दिँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका पछिल्ला कामको प्रशंसा पनि गरेका छन्। भट्टराईले महानगरलाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि काम प्रशंसनीय रहेको बताएका छन्।

 

प्रतिक्रिया