अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट, सम्वन्धित् निकायको वेवास्ता


पोखरा – अन्नपूर्ण क्षेत्रमा दृश्यावलोकनसहित पदयात्राका लागि आउने पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले लिने गरेको प्रवेश शुल्क पर्यटकमैत्री नभएको पर्यटन व्यवसायीले गर्दै आएको गुनासो अहिले पनि कायमै छ ।

एक्यापले एकपटक प्रवेश शुल्कले लिएपछि ‘बहुप्रवेश अनुमति’ हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले विगतदेखि नै एक्यापले पर्यटकसँग अव्यावहारिक रुपमा प्रवेश शुल्क लिँदै आएको बताए । “हामीले प्रवेश शुल्क नलिन भनेका छैनौँ तर एकपटक शुल्क तिरेपछि त्यही क्षेत्रका अन्य ठाउँ घुम्न गएका पर्यटकसँग पुनः शुल्क लिँदै बीच बाटामा रोक्नु व्यावहारिक छैन, यसले राम्रो सन्देश पनि जाँदैन, अर्कातर्फ पर्यटकको बसाइ पनि छोटिन्छ”, बोर्डका विज्ञ टोली सदस्य त्रिपाठीले भने, “एकपटक अनुमति लिएपछि अन्नपूर्ण क्षेत्रमा चार हप्ता घुम्न पाइन्छ तर जथाभावी खनिएका बाटाका कारण विगतमा चार हप्ता लाग्ने अन्नपूर्ण राउण्ड छोटिइसकेको छ ।” पछिल्ला समयमा जथाभावी बाटो खन्ने क्रमले महिनौँ लाग्ने पदयात्रा मार्ग छोटिएर दिनमा छोटिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र एउटा पदयात्रा मार्गमा जाने र फेरि फर्केर आएर अर्को मार्गमा जाँदा पुनःअनुमति लिनुपर्ने बताउँदै उनले पुनः लिइने अनुमतिको प्रक्रिया उस्तै झञ्झटिलो र पैसासमेत दोब्बर लाग्ने भएकाले पर्यटकलाई घुम्न डुल्न प्रेरित नगरेको बताए ।

“नेपाल सरकारले घरबासलाई प्राथमिकता दिएकोे छ, गण्डकी प्रदेशका आधाभन्दा बढी घरबास अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छन्”, उनले थपे, “एउटा समुदायको घरबासबाट अर्को समुदायकामा जाँदा एक्यापबाट ‘एक्जिट’ हुनुपर्छ, तसर्थ यो पर्यटकको हितमा छैन ।” एकै क्षेत्रका मार्ग घुम्न एक्यापको नीतिले बाधा पु¥याएको उनको भनाइ छ ।

अहिले दिइरहेको एक महिनाको अनुमतिलाई त्यही क्षेत्रका अन्य पदयात्रा मार्गमा लागु हुने गरी बहुप्रवेश अनुमति दिनुपर्ने व्यवसायीको माग छ । सामान्य नीति संशोधन गरे मात्रै पर्यटकलाई न्याय हुने र यसले ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया