

जनसभालाई सम्बोधन गर्न माधव नेपाल सुर्खेतमा

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी नेकपाले माघ ८ गते सुर्खेतमा प्रतिनिधि सभा विघटनका विरुद्धमा सशक्त सडक संघर्षका कार्यक्रम गरेको छ । सोही कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आएका छन् ।
प्रचण्ड–माधव समूहले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष नेपालसहित स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र स्थायी कमिटी सदस्य शक्ति बस्नेत लगायतका नेताहरू आएका हुन् ।
यसअघि कर्णाली प्रदेशमा क्रमशः ८, ९, १० कार्यक्रम हुने मिति पार्टीले तय गरेको थियो । काठमाडौंमा ९ गते हुन गईरहेको नेकपाको बृहत् कार्यक्रमले ९ र १० गतेका कार्यक्रमहरु स्थगित गरिएको प्रदेश कमिटी सदस्य लोकेन्द्र राना (प्रशान्त)ले बताए।

