
गोविन्द केसीसँगको तस्बिर राखेर बाबुरामले भने : विसंगती छ भन्ने स्वीकार्ने तर नसुधार्ने किन?
काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य/शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. गोविन्द केसीले २० औं पटक अनसनमा बस्न पर्नु राज्य र सबैलाई लज्जाको विषय भएको बताएका छन् ।
मंगलवार बिहान ट्वीटरमाा डा.केसीसँगको आफ्नो तस्वीर सार्वजनिक गर्दै डा.भट्टराईले यस्तो बताएका हुन् ।
उनले त्यहाँ विकृति विसंगति छन् भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भनेका छन्,’सार्वजनिक स्वास्थ्य/शिक्षाक्षेत्रको सुधारको विषयलाई लिएर डा.केसीले २०औं पटक अनसनमा बस्न पर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो। त्यहाँ विकृति विसंगति छन् भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा संचालन नगर्ने किन ? बेलैमा सोचौं !’



कागजपत्र |
