सिट बाँडफाँटमा गठबन्धनको सकस : आज पनि छलफलमा जुट्दैछन् शीर्ष नेता


काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ। हिजो शनिबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको सरकारनी निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सिट बाँडफाँटलाएै टुंगोमा पुर्याउने गरी छलफल हुने बताइएको छ।

शनिबार अनौपचारिक रूपमा ‘गफगाफ’ मात्र भएको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनीष सुमनले जानकारी दिए। उनका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा उपस्थित भएनन्। उनी पार्टीको कामले जिल्लामा रहेकाले आउन ढिला भएको सुमनले बताए।

‘हाम्रो उपेन्द्रजी आउनुभएको थिएन, त्यसैले खासै छलफल भएन। उपेन्द्रजी आउँदाआउँदै ढिलो भयो,’ उनले भने। सोही कारण बैठक नभई बालुवाटरमा सामान्य कुराकानी मात्र भएको उनको भनाइ छ।

यसअघि, आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको भनिएको थियो। शीर्ष नेताले उक्त प्रतिवेदनमाथि छलफल गरी निष्कर्ष निकाल्ने बताइएको थियो। तर, सुमनले कार्यदलले लिखित प्रतिवेदन नै नबुझाएको जिकिर गरे।

 

प्रतिक्रिया